(दफा ५ को उपदफा (२) संग सम्बन्धित)
१. गहना गुरिया समेतको सुन दश तोलासम्म ।
२. चाँदी तोला दुईसयसम्म ।
३. स्टक इन ट्रेड ।
४. औद्योगिक मिल मेशिनरी, यन्त्र उपकरण औजार र उद्योगको प्रयोगमा रहेको गोदाम भवन र त्यसको लगापात ।
५. स्वदेशी कम्पनी तथा संस्थानहरूमा लगानी गरेकोशेयर र डिबेन्चर ।
६. सम्पत्ति कर नलाग्ने गरी नेपाल सरकारले जारी गरेको ऋणपत्र ।
७. करदाताको आफ्नो वा आफ्नो परिवारको नाममा रहेको ३००० वर्गफीटसम्मको एउटा घर र सो घरले चर्चेको बढीमा दुई रोपनीसम्मको जग्गा ।
८. धार्मिक वा सार्वजनिक हितसम्बन्धी कार्यको लागि प्रयोग गर्न दिइएको जिन्सी सम्पत्ति ।
९. मोही लागेको जग्गामा प्रचलित कानूनबमोजिम मोहीले पाउने भाग बराबरको जग्गा ।
१०. कृषि कार्यमा प्रयोग भएको देहायको क्षेत्रमा रहेको हदसम्मको जग्गा :-
(क) भित्री मधेश समेत सम्पूर्ण तराई क्षेत्रमा १० बिगाहा ।
(ख) काठमाडौं उपत्यकामा २० रोपनी ।
(ग) काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा ६० रोपनी ।
११. प्रचलित कानूनमा सम्पत्तिको मूल्यांकनमा सामावेश नहुने भनी तोकिएबमोजिमका अन्य
सम्पत्तिहरु ।